२९ भाद्र २०८२, आईतवार
Follow Us

भारतको कीर्तिमान तोड्दै नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले राखे गिनिजबुकमा नाम

nepalbritain news
२४ मंसिर २०७५, सोमबार ०३:२२

डिसी महानगर क्षेत्रका कराँते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीले तेश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।
तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरि अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए । उनले यो भन्दा पहिला दुई विधामा फांग गरेर अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।
उक्त विधामा २ पटक बिश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा बिश्वका ठुला राष्ट्रहरु बेलायत ,चीन,रुस ,अमेरिका लगायत देशले पनि किर्तिमान राख्न नसकेकोमा आफूले नाम कमाएकोमा ठकुरी गर्व गर्दछन् ।उनी भन्छन् एउटा नेपाली खेलाडी अमेरिकामा बसेर यी तीनै विधामा प्रत्येक दिन कसरत नगरी नहुने विधामा गिनिज बिश्व रेकर्ड राख्न सफल भएको छु ।
बिश्व तेस्रो रेकर्डमा ३ मिनेटमा १ सय ८० घुडा प्रहार गर्नु थियो । जसलाई अंग्रेजीमा नी र बेढंग लडाईमा हिज्ज़ा भनिन्छ ।

धेरै पढिएको