ताजा खबर

पर्यटनमन्त्री अधिकारी सहित २ पूर्वमन्त्रीलाई कारबाहि सिफारिस ;;वाइडबडी प्रकरण

काठमाण्डौ । वाइडबडी खरिदमा भएको अनियमितताबारे छानविन गर्न गठित संघिय संसदको लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित २ पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ।

छानबिन समितिले पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ। उपसमितिको प्रतिवेदन बुधबार बिहान ११ बजे बस्ने लेखा समितिको बैठक पेश हुनेछ।

उपसमितिको मंगलबार अवेर राति सकिएको बैठकले मन्त्री अधिकारी सहित सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको हो

तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको बताइएको छ। राई हाल गृह मन्त्रालयका सचिव छन्।

यस्तै वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस भएको छ। यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

वायु सेवा निगमले ल्याएको दुई वटा बाइडवडीबारे अध्ययन गर्न लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो।

३८ पृष्ठ लामो प्रतिवेदनमा चार अर्ब ३१ करोड भ्रष्टाचार भएको र यो रकम अझै बढ्ने उल्लेख गरिएको बताइएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news