ताजा खबर
नख्खु बम विस्फोटको घटनामा सुरक्षा गार्डको संलग्नता, एक जनाको मृत्यु
काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अनुसन्धानका लागि भन्दै प्रहरीले २ सुरक्षागार्डलाई नियन्त्रणमा लिएको जनाइएपनि पहिचान भने खुलाइएको छैन ।
प्रहरीले बम विस्फोटको घटनाबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

