ताजा खबर

मन्त्री क्वाटरमा रुवाबासी, प्रधानमन्त्री ओली पुगे सान्त्वना दिन

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली केहीबेरअघि मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका शाकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्