ताजा खबर

नारी दीवसकै दिन बालिका बलात्कृत

सिराहा । सिराहको सुखीपुर नगरपालिकाकी एक ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय सन्जय साह तेलीलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीको घरमा खेलिरहेको अवस्थामा ती बालिकालाई तेलीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखीपुरबाट खटिएको प्रहरीले तेलीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

About the author
nepalbritain news

nepalbritain news