मुख्य समाचार
स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग
लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडितभै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन् ।
उनले स्विजरल्याण्डमा बस्ने नेपालीहरुबाट आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनको उपचारका लागि रु ३ लाख २३ हजार नेपाली रुपैयाँ जुटाएका हुन् ।
उक्त रकम दल बहादुर पुनकी बैनी माया पुन मार्फत बिरामीका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरिएको छ ।
पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

