मुख्य समाचार

गोपेन्द्र भट्टराईले एनआरएनए अमेरिकाको महासचिवमा उम्मेदवारी दिने

लस एन्जलस– एनआरएनए भित्र जकडिएर रहेको प्रणालीगत समस्यालाई सदाको लागि समाधान गर्ने पवित्र उद्देश्यका साथ गोपेन्द्र भट्टराईले एनआरएनएको महासचिव पद्मा उम्मेद्वारी दिनु भएको छ । लामो समयदेखि गाजिएर रहेको प्रक्रियागत समस्यालाई चिर्दै नविन सोच र प्रविधिका माध्यमबाट सुदृढ नयाँ संरचना निर्माण गर्न उक्त पद्मा उम्मेदवारी दिएको भट्टराई बताउनु भयो ।
कर्मभूमी जहाँ र जुन देशलाई बनाए पनि मातृभूमी सदा सबैको लागि प्यारो हुन्छ,’ उनले भने ‘यसलाई समृद्ध बनाउने मेरो मुख्य उद्देश्य हो ।’ विदेशी नविन प्रविधिहरू जतिजति बढ्दै जान्छ, उत्तिनै देश सम्पन्न र आर्थिक रुपले बलियो बन्दै जाने उहाँको विश्वास छ । ‘मातृभूमीमा यस्ता प्रविधि र सीप भित्र्याउन म सधै प्रयासरत हुनेछु,’ उहाँले भन्नु भयो ‘देशमा भन्दा विदेशमा बस्दा आदर, सम्मान र ममता अझ बढ्ने रहेछ ।’
जन्मभूमीलाई शान्त र समृद्ध बनाउन हरेकपल अनव्रत रुपमा लागिरहने उहाँले बताउनु भयो । एनआरएनए अमेरिकामा रहेका नेपालीको वृद्धि÷विकासका साथै उचित अवसरहरूको सिर्जना गर्दै विकासका ढोकाहरू मार्फत देशलाई आत्मनिर्भर बनाउने भट्टराईको प्रतिवद्धता छ ।
एनआरएनएलाई नेपालीको दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापित गराउने उहाँको इच्छा अबका दिनमा पनि जारी रह्ने छ । पछिल्लो समय विश्वका कुना कुनामा छरिएर रहेका सबै वर्ग, धर्म, जातजाती, लिङ्गलाई समेट्दै एउटै संजाल बनाउने प्रक्रिया व्यापक हुँदै गएको छ । यसमा भट्टराईले थप काम गर्ने योजना बनाउनु भएको छ ।
‘अमेरिकी नेपालीको साथ र सहयोगबाट म एनआरएनएको महासचिव पद्मा निर्वाचित भएमा नेपाल र प्रवासी नेपालीबीच प्रत्यक्ष सहयोग र समन्वय गर्ने वातावरण सिर्जना गर्दै एकीकृत परियोजनाहरूको प्रारुप तयार गरी कार्यान्वयन लैजाने कोशिस गर्ने छु,’ उहाँले भन्नु भयो ।
‘संसार भरि छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्दै नेपालको कला, संस्कृति, पर्यटनको विकासमा टेवा पु¥याउने उहाँले चुनावी एजेण्डा छ । ‘नेपालीका लागि नेपाली नै’ भन्ने मूल मन्त्र बोकेर म अघि बढेको हुँ, एनआरएनए अमेरिकाका वर्तमान कार्यसमितिका सदस्य रहेका भट्टराईले भन्नु भयो ‘नेपाली डायस्पोरालाई एउटै सुत्रमा सुसंठित गर्दै अमेरिकी मूल प्रवाहमा समावेश गर्ने मेरो मुख्य उद्देश्य हो ।’

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्