कला तथा मनोरन्जन

हातेमालो बाग्लुङ शाखाले उभ्यायोे धौलागिरीका तीन सर्जक एकै ठाउँमा (फोटो फिचर सहित)

स्थापनाकालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको हातेमालो साहित्य संगम बाग्लुङ शाखाले यसपाली भने भिन्न कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरीका तीन जिल्लालाई समेट्ने गरी तीन सर्जक तीन फरक फरक विधामा मञ्चमा उभ्याएको हातेमालो बाग्लुङले ‘एक मञ्च तीन सर्जक ’ नामक कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

पर्वतबाट पर्वत साहित्य संगमका उपाध्यक्ष डिल्लीराम शर्मा –मुक्तकमा , बाग्लुङबाट पत्रकार महासंघ बाग्लुङका अध्यक्ष दिल शिरिष –गजलमा र म्याग्दीबाट युवा साहित्यकार तथा लेखक घायलश्री – कविता विधामा उभिएका थिए ।

 

कार्यक्रममा धौलागिरी अञ्चलका अग्रज तथा अनुज स्रष्टाहरको उपस्थिति रहेको थियो । १०० भन्दा बढी स्रष्टा उपस्थित भएको उक्त कार्यक्रम संस्थाकी अध्यक्ष सरु पौडेलको अध्यक्षतामा क्षेत्री समाजको हलमा सम्पन्न भएको थियो । कोषाध्यक्ष लक्ष्मी पुन मगरको स्वागत मन्तव्य र सचिव मगर प्रेमको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सु साधना कला केन्द्रका सुर्य खड्का तथा साधक प्रास्ना शर्माले साङ्गितिक प्रस्तुती समेत दिएका थिए ।

धौलागिरी अञ्चललाई नै समेट्ने गरी यस किसिमको कार्यक्रम गर्दा धौलागिरीका सबै किसिमका सर्जकहरु यस कार्यक्रममा अटाउन सक्ने कुरा संगमकी अध्यक्ष सरु पौडेलले बताइन् ।

About the author
nepalbritain news

nepalbritain news