ताजा खबर

भाकल चढाउन मन्दिर गएका वृद्धको मृत्यु

राजविराज : मन्दिरमा पूजा गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने ६५ वर्षीय फनिकलाल सदाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित दिनाभद्रीको मन्दिरमा साँझ पूजा गर्न गएका सदा अचानक बेहोस भएका थिए।

उपचार क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मन्दिरमा भाकल चढाउन श्रीमतीसँग गएका सदा बेहोस भएपछि उपचारका लागि तत्कालै स्थानीय मेडिकल लगिएको थियो । उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news