मुख्य समाचार

खातामा पैसा नभएको अवस्थामा चेक दिएर ठगी गर्ने पक्राउ

काठमाडौं । खातामा पैसा नभएको अवस्थामा चेक काट्दै सर्वसाधरण ठग्ने सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७, स्थायी घर भई हाल ललितपुर बस्दै आएका हस्त बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । हाल, पाटन उच्च अदालतमा विश्वकर्मा विरुद्ध बैकिङ कसुरको अभियोगमा मुद्धा चलिरहेको र म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको महानगरिय प्रहरी परिसर टेकुका एसएसपि उत्तमराज सुवेदीले बताउनु भयो ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं। ७ घर भई हाल राजधानीको जडिबुटि बस्ने राम कुमार बोहराबाट २०७४ साल साउन ४ गते निशान जीप खरिद गरेर खातामा रकम नै नभएको महालक्ष्मी विकास बंैकको ६ र ७ लाख रुपैयाँका दुई वटा चेक र नगद ७ लाख रुपैयाँ लिएपनि हालसम्म रकम नदिई उल्टो धम्कि दिने र सम्पर्कमा नै नआउने भएपछि पिडित बोहराले विश्वकर्मा विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले गत वैशाख २४ गते एकान्तकुनाबाट बोहराबाट लिएको निशान जीप बेच्नै लाग्दा विश्वकर्मालाई पक्राउ गरेको थियो ।
बोहराका अनुसार विश्वकर्मा बैंकको चेक दिने र त्यहि चेक रोक्का गर्ने तथा रमक फिर्ता माग्दा वास्ता नै नगरि फरार हुने गर्दछन् । प्रतिनिधिसभाको निर्वाचनमा जनसमाजवादी नेपाल दलको तर्फबाट सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं। १ मा उम्मेदवार बनेको बताउने विश्वकर्माले साढेँ सात लाख र एक लाख रुपैयाँ लिएर फरार भएको भन्दै अन्य दुई जना पनि प्रहरी परिसर टेकु पुगिसकेका छन् ।
राजनितीलाई आधार बनाएर सर्वसाधारणलाई ठगि गर्ने पेशा नै अपनाएका विश्वकर्माले प्रहरीको हिरासतमा हुँदा पनि आफू निस्किए पछि नछोड्ने धम्कि दिएको बोहरा बताउछन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्