८ आश्विन २०८२, बुधबार
Follow Us

डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु

nepalbritain news
१८ असार २०७६, बुधबार १३:०९

डोटी । डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।

बुधबार शिखर नगरपालिका २ को कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी कार्कीको मृत्यु भएको हो।

बिहान ९ बजेतिर खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि साढे ११ बजेतिर सुजङ्ग अस्पताल राजपुरमा पुर्याएको थियो।

त्यसपछि थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा डेढ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले बताए।
डिसी नेपाल

धेरै पढिएको