ताजा खबर

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ।

नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news