ताजा खबर

विप्लवका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका भक्तपुर र ललितपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी ‘आजाद’ पक्राउ परेका छन् । उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनी ललितपुरको कुनै सथानबाट बिहीबार पक्राउ परेका हुन्।

केसी राजधानी काठमाडौंमा पक्राउ परेको विप्लव समूहका ठूला मध्ये एक नेता रहेको प्रहरीको दावी छ। प्रहरीले केसी पक्राउबारे विस्तृतमा भने जानकारी दिएको छैन। प्रहरी स्रोतले अहिले अनुसन्धान भइरहेको जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news