‘पोर्तुगलमा एनआरएन र पत्रकार बीच भिडन्त’
‘पत्रकारको कलम बन्द गर्न खोज्दा एनआरएनए विवादमा’
पोर्तुगलमा सक्रिय मिडियाका सम्पादक, नेपाल पत्रकार महासंघको प्रस्तावित पोर्तुगल शाखा लगायतले रासस पोर्चुगल सम्वदाता भगवान गिरीले सम्प्रेशित गरि प्रकाशित समाचारको अनावश्यकरूपमा खण्डन गरेको र समाचारको वास्तविकतालाइ बंग्याएको भन्दै एनआरएनए पोर्तुगलप्रति आपत्ति जनाएका छन् ।
समाचारको भावर्थ नबुझी शिर्षक पढेर खण्डन गरिएकोप्रति पत्रकारहरुले प्रश्न उठाएका हुन् ।

एनआरएनए आफ्नै बक्तब्यमा पोर्तुगलको सडकमा नेपाली दुर्ब्यसानी बढेको, तिनीहरुको बास सडकमा हुने गरेको र सबैको सहयोगमा उद्दार गरिएको स्पष्ट स्वीकारोक्ति हुँदाहुँदै त्यही समाचार कसरी गलत भयो ? के अब यो समाचार पछि पोर्तुगलमा यस्ता खालका सबै समस्याहरु निराकरण भएका हुन् ? अब यो सवाल पोर्तुगलमा सधैंकालागि हल भएको हो ? अब यस्तो समस्या देखापरे समस्या नै नभएको भनेर वक्तव्य निकाल्नेहरुले समाधान गर्नुपर्नेमा पत्रकारहरु एकमत छन् ।
समस्या, विकृति, विसंगति उजागर गर्न पोर्तुगलका नेपाली पत्रकारहरुले जस्तोसुकै परिस्थितिमा कलम चलाउन नछाड्ने र पोर्तुगलका मिडियाकर्मीहरुको एकता र एक्यवद्धता निरन्तर रहने प्रतिवद्दता जनाएका छन् ।
हेर्नूहोस् पत्रकारहरुको बिज्ञप्ति जस्ताको तस्तै:


