ताजा खबर

उच्च हिमाली भेगमा हिमपात

बाजुरा। जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ।

असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन्। पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए।

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ। बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन्। बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ।
रासस

About the author
nepalbritain news

nepalbritain news