९ कार्तिक २०८२, आईतवार
Follow Us

सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते

nepalbritain news
२९ मंसिर २०७६, आईतवार ०६:३८

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान थुमपाखरमा दुर्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनले दुर्घटनामा परेर १८ यात्रु घाइते भएको बताए।

भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको डीएसपी काफ्लेले बताए । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

घाइते २० जनामध्ये २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको