नेविसंघको विधान कार्यान्वयनगर्न मागगर्दै आमरण अनसन बसेकानेविसंघका पूर्व केन्द्रिय सदस्यनवराज त्रिपाठीको स्वास्थ्यमा समस्या देखिनथालेको छ ।
अनसनको चौथो दिनआज डाक्टरहरुले औषधिखानआग्रह गरे पनि त्रिपाठीले अस्वीकार गर्नुभएको छ । उहाँको रक्तचापमा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उहाँले ३२ वर्ष उमेरहदको विधानकार्यान्वयनगर्न मागगर्दै नेपालीकांग्रेसको केन्द्रीयकार्यालयसानेपामाआमरण अनशनथालेको आजचौथोदिनभएको छ ।
त्यसैले नेविसंघले त्रिपाठीको जीवन रक्षाकाआग्रहगर्दै शीर्ष नेतालाई एसएमएस पठाउने अभियानपनिथालेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको मोबाइलमा सभ्य र मर्यादितभाषामा सन्देश पठाएर त्रिपाठीको जीवन रक्षाको मागगरिएको हो ।
विधानकार्यान्वयनको मागगर्दै ४१ दिनसम्म रिले अनसन बस्दा पनि पार्टी नेतृत्वले मागप्रतिकुनै सुनुवाई नगरेकाले बाध्यभएर आमशरण अनसन बस्नु परेको त्रिपाठीले बताउँदै आउनु भएको छ ।
त्रिपाठीले आफ्नामाग सम्बोधननगरे पार्टीको झण्डा ओढाउन आउनुपर्ने चेतावनी नेतृत्वलाई दिनुभएको छ । त्रिपाठीले भन्नुभयो ‘रिले अनसनमा बसे पनि पार्टीकाशीर्ष नेताहरु भागबण्डामामात्रै केन्द्रितहुनुभयो, त्यसैले आमरण अनसनमा बसेको हौं। कि त माग पूरा गर्नुहोस् । किन पार्टीको झण्डा ओढाउन आउनुहोस् ।’
पार्र्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी ३२ वर्षमुनिकामात्र नेतृत्वमाआउनपाउने व्यवस्थागरिएपनिअहिले भागबण्डाका लागि सभापति शेरबहादुर देउवा र अरु शीर्ष नेताले नै धिानमिच्नथाल्नुभयो । त्यसैले आमरण अनसन बस्नु परेको त्रिपाठीको भनाइ छ ।
६ महिनाभित्रमहाधिवेशनगर्ने गरी गठन हुने तदर्थ समितिमा९जनामहामन्त्री राख्ने नेताहरुबिचको सहमतिले पनिविधानमिचेको छ । विधानमा एक जनानिर्वाचित र एक जनामनोनित गरी २ महामन्त्रीमात्रहुने व्यवस्थाभएकामाउहाँहरुले भागबण्डा कै लागि ९जनामहामन्त्री राख्ने सहमतिगर्नुभयो । यो सहमतिले समग्र संस्थाकै खिल्ली उडाएको छ ।