मुख्य समाचार
नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार कार्यक्रम स्थगित
काठमाडौं । २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्याे । निकै तामझामका साथ शुभारम्भ भएपनि चीनमा देखिएको कोरोना भाइरसका कारण सुरुवातबाट नै नेपाललाई झट्का लाग्यो ।
पछिल्लो समय झन् विश्वभर भाइरस फैलिन थालेपछि सरकारले भ्रमण वर्ष लक्षित प्रचारप्रसार कार्यक्रम स्थगित गरेको छ । उता, भ्रमण वर्षको कार्यक्रमलाई नै स्थगित गर्ने मुडमा सरकार पुगेको छ ।
भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्राउन विभिन्न माध्यमबाट प्रचारप्रसारका काम सरकारले बढायो । नयाँ वर्ष सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुन सुरु गरेको थियो । सुरुमा सामान्य मानेपनि यसले उग्र रुप लिन थाल्यो ।

