मुख्य समाचार
भारतमा मे ३ तारिकसम्म लकडाउन
नयाँदिल्ली । भारतमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन मे ३ सम्मका लागि लम्बिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीलाई सम्बोधन गर्दै लकडाउन लम्बिएको जानकारी दिएका हुन् ।
तीन साताका लागि घोषणा गरिएको लकडाउनको मिति भोलि सकिन लागेपछि प्रधानमन्त्री त्यसलाई मे ३ सम्मका लागि लम्ब्याएका हुन् । भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ५३ नाघेको छ भने ३ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

