ताजा खबर

निजी अस्पताल आइसोलेसन सेन्टरमा रुपान्तरण हुँदै

काठमाडौ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न निर्णय गरेको छ । निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्र लेखेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

गृह मन्त्रालयमार्फत् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा सिफारिस गरेको साथै पालिकाहरूमा रहेका क्वारेन्टिनलाई पनि आइसोलेसन सेन्टर बनाउन प्रस्ताव गरेको दाहालले बताए ।

उनले आइसोलेसन सेन्टरको माग बढिरहेको उल्लेख गर्दै निजी अस्पताललाई आइसोलेसन बनाउने स्वीकृति कुरिरहेको बताए।

शुक्रबारमात्र काठमाडौ उपत्यकामा १ सय ६ जनामा कोभिड–९ देखिएको छ। उपत्यकाभित्र हालसम्म कोरोना संक्रमित हुनेकोको संख्या काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ पुगेको छ। उपत्यकाको कुल संक्रमित संख्या ९८२ पुगेको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता