७ श्रावण २०८३, बिहीबार
Follow Us

कोरोना संक्रमणबाट पर्सा र कपिलवस्तुमा थप एक-एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ०४:०७

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप दुई जना विरामीको मृत्यु भएको छ । पर्सा र कपिलवस्तुमा एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका कपिलबस्तुका एक पुरुषको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुष रहेका छन् । उनी भदौ पाँच गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

त्यस्तै पर्सामा पनि थप एक जनाको मृत्यु भएको छ । धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमणपछि उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए ।

धेरै पढिएको