ताजा खबर

बेलायतबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट नेपाल आउने सबैलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अपिल गरेको छ।

साथै, नेपाल प्रवेश गरेको मितिबाट ७ दिनदेखि १० दिनभित्र नजिकको सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ।त्यसरी परीक्षण गर्न जाने सबै व्यक्तिहरूको निशुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता