ताजा खबर

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’ गत पुस ५ गते सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन लोकतन्त्र विरुद्ध भएको भन्दै विभन्न किसीमको विरोध सधा, समारोह र आन्दोलन हुँदै आएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन विरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने । पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर वर्षौँको आन्दोलनबाट प्राप्त उपलब्धी अपहरण गर्ने प्रयासमा लागेकाले त्यस विरुद्ध देशव्यापी शान्तिपूर्ण आन्दोलन रुपी युद्धमा रहेको प्रचण्डले बताएका हुन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता