१ माघ २०८२, बिहीबार
Follow Us

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७७, आईतवार १३:५१

काठमाडौँ । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी काँग्रेस, नेकपा(दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

पुनः स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै काँग्रेस, नेकपा(दाहाल-नेपाल) समूह, जसपाका नेताहरूले सदनमा नाराबाजी गरेका थिए । दाहाल नेपाल समूहका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए भने काँग्रेसको विरोधका बिच अध्यादेश पेस गरिएको थियो ।

५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबरजस्ती अध्यादेश पेस गरिएपछि काँग्रेस र जसपा सांसदहरूले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।

धेरै पढिएको