१ माघ २०८२, बिहीबार
Follow Us

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए संयुक्त कार्यदल

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार १२:०७

काठमाडौं । नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।

यस कार्यदलमा रेशम चौधरीका मुद्दा फिर्ता लिनेलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । माओवादीले सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको बेला संयुक्त कार्यदल गठन भएको हो ।

केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा बहुमत पुर्‍याउन जसपाको साथ चाहिने देखिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । जसमा एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

धेरै पढिएको