शितल निवास बैठकमा को–को सहभागी भए ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आहवानमा शीतल निवासमा सर्वदलीय बैठक बसेको छ ।
राजनीतिक संकट समाधानका लागि राष्ट्रपतिले बैठक आहवान गर्नुभएको हो । बैठकमा पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेतालाई बोलाइएको थियो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी हुनुभएको छ । तर, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी हुनु भएन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि अनुपस्थित रहनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव ईश्वर पोखरेल नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइाराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र
देव गुरुङ, जनता समाजवादी पार्टीबाट शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव रराजेन्द्र महतो सहभागी हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी र नेमकिपाका नेता प्रेम सुवाल सहभागी हुनुभएको छ ।

