ताजा खबर

सर्वदलीय बैठकमा प्रचण्ड नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बोलाएको भन्दै प्रचण्ड आजको सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

प्रचण्ड निकट एक स्थायी समिति सदस्यका अनुसार, सिंहदरवारमा बैठक बस्ने भयो भने प्रचण्ड सहभागी हुनेछन् । विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई शुक्रवार फोन गरी ओलीले बैठकको निम्तो दिएका थिए ।

ललितपुरको दक्षिणी भूभागस्थित कोन्ज्योसोम गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफू बालुवाटार नआउने बरु बैठक सिंहदरबारमा डाक्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता