ताजा खबर
प्रिन्स फिलिपको अन्तिम संस्कारमा एक महिला किन नाङ्गै दौडिइन् ?
लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितियका पति प्रिन्स फिलिपको केही दिन अघि निधन भएको थियो । आइतवार भएको अन्तिम संस्कारको कार्यक्रममा एक महिला चिच्याउँदै भीडमा दौडिएकी छन् ।
उनलाई तत्कालै प्रहरीले पक्राउ गरी कपडाले उनको शरीर ढाकिदिएका थिए । कालो चश्मा, सर्ट र शीरमा टोली लगाएकी ती महिलालाई मानिसहरुको भीडबाट प्रहरीले निकालेको थियो ।
फिलिपको बेलायतको विन्डर क्यासलमा अन्तिम संस्कार गरिएको थियो । उनलाई अन्तिम विदाई गर्दै जमिनमा गाडिएको थियो । दाहसंस्कारमा उनी पत्नी तथा महारानी एलिजाबेथ द्वितियले राजपरिवारको सानो समूहको नेतृत्व गर्दै सहभागिता जनाइन् । थेम्स भ्याली प्रहरीले जनतालाई टेलिभिजनको माध्यमबाट उनी प्रति श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका थिए ।

