ताजा खबर
काठमाडौँमा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय, अवधि थपघट हुनसक्ने
काठमाडौँ। सरकारले राजधानी काठमाडौँ उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा(लकडाउन) गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाका तीनै वटा सीडीओ कार्यालयले गर्ने भनेको साता दिनको लकडाउनमा एक साता थपेर १५ दिन गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधि थपघट हुनसक्ने छ ।

