खेल

ज्ञानेन्द्र मल्ल बने कप्तान

काठमाडौं। ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए।

मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको उनले डिसी नेपाललाई जानकारी दिए।

२९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन्। उनले तत्काली कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरेका छन्।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले नयाँ कप्तानको खोजी गरेको थियो। कप्तानको दौडमा अरु खेलाडी पनि थिए। तर, अन्तिम मल्लले कप्तानका रुपमा जिम्मेवारी पाएका हुन्।

मल्ले हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा एक अर्धशतक सहित १४३ रन बनाएका छन्। उनको ओडीआई उच्च स्कोर ५१ हो। यस्तै उनले २१ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ३३४ रन बनाएका छन्। जसमा एक अर्धशतक ५१ उच्च स्कोर रहेको छ।

मल्लले लिस्ट एका ४३ खेलमा ९१ रनको उच्च स्कोरमा १०४७ रन बनाएका छन्। मल्ल घरेलु फेन्चाइज लिगमा पनि कप्तानी गरिसकेका हाल टिममा रहेका सबैभन्दा अनुभवी खेलाडी मध्ये एक हुन्।

यसैबीच क्यान निलम्बनपछि पनि आईसीसीले दुई वटा नेपाली टिम घोषणा गरेको छ। यू–१९, महिला र पुरुष टिम आईसीसीले घोषणा गरेको हो। संक्रमणकालमा रहेकाले र केही पक्रिया बाँकी रहेकाले आगामी केही दिनसम्म आईसीसीले नै टिम घोषणा गर्ने महासचिब प्याकुरेलले जानकारी दिए।

उनले भने, ‘निलम्बन फुकुवापछि पनि केही प्रक्रिया बाँकी छन्, त्यसैले आईसीसीले नै टिम घोषणा गरिरहेको छ। हामीले केही प्रक्रिया पूरा गर्नुपर्ने छ, त्यो पूरा भएपछि क्यानले टिम घोषणा गर्छ।’
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news