ताजा खबर

राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसद दलका नेतामा राजेन्द्र महतो चयन भएका छन् ।

सांसद उमाशंकर अरगरियाका अनुसार महतोलाई बहुमतको आधारमा दलको नेता चयन गरेको हो । २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय उनको भनाई छ । ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’ उनले भने

संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी भएका थिएनन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता