ताजा खबर

आज विभिन्न चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता