ताजा खबर

एमालेका २२ मत देउवाको समर्थनमा, ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस

काठमाडौं । नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्। केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।

संस्थापनमै रहेका हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले शेरबहादुर देउवालाई मत दिएका छन् । एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता