कोष्टारिकामा एनआरएनए: अध्यक्षमा डा. खगेन्द्र चापागाईं चयन
लण्डन । गैरआवासीय नेपाली संघको कोष्टारिकामा पनि संगठन विस्तार भएको छ । डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा पहिलोपल्ट सो मुलुकमा नेपालीहरु संगठित भएका हुन्।
जुलाई २६ मा भर्चुअल माध्यमबाट एक भेलाको आयोजना गरी कोष्टारिकामा भएका नेपालीहरुले संघको पहिलो साधारण सभा गरेका थिए । अमेरिकाज् क्षेत्रमा दुई देशहरु अमेरिका र क्यानडामा मात्र गैरआवासीय नेपाली संघ सक्रिय रहेको अवस्थामा अब कोष्टारिका पनि थप भएको छ ।
यो क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले गैरआवासीय नेपाली संघलाई नेपालीहरु बसेका यो क्षेत्रका विभिन्न मुलुकहरुमा पुर्याउने प्रयास स्वरुप कोष्टारिकामा नयां समिति बनाउन सफल भएको डिसी नेपाललाई बताए। उनले अमेरिकाज् क्षेत्रका अरु केही देशमा पनि नेपालीहरुलाई संघमा संगठित गराउने प्रयास जारी रहेको बताए।
दक्षिण अमेरिकी मुलुक कोष्टारिकाको निर्विरोधरुपमा नव गठित एनआरएनएको उपाध्यक्षमा डा.ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं, र कोषध्यक्षमा समान्ता मोक्तान लामा निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा भुवन चापागाईं, डा.किलर्नी चापागाईं, राजेश चपागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन भएका छन् । साधारण सभाले अन्तर्राष्टिय समन्वय परिषद् (आईसीसी) को सदस्यमा संजीव लामालाई पनि निर्विरोध चयन गरेको छ।

