ताजा खबर

‘कसैलाई असक्षम घोषित गर्न म सभापति हुन खोजेको होइन’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफु सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।

उनले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको पनि बताए । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको बताउँदै उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’

शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको बताए । उपसभापति निधिले अघि भने, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता