काठमाडौं । नेपालमा गत २४ घण्टामा २०६५ कोरोना संक्रमित थपिएका छन् । देशभर १३ हजार १ सय १७ जनामा गरिएको नमूना परीक्षणमा २०६५ जना संक्रमित भएका हुन् । २४ घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ रहेको छ ।