१३ असार २०८१, बुधबार
Follow Us

एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैन: उपाध्यक्ष डा. केसी

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७८, सोमबार ०३:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेको बताउनुभएको छ ।

एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका मुद्दाहरु कार्यान्वयमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गर्नुभयो ।
‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरुप दिन र विदेशमा रहेका नेपालीको बौद्धिक लगानी नेपालमा पु-याउनका लागि म प्रतिवद्ध छु,’ केसीले भन्नुभयो, ‘त्यसैका लागि पनि मैले अध्यक्षमा उमेद्वारी घोषणा गरेको ह ।’

विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गराउनका लागि आफुले पहल गर्ने केसीको भनाइ छ। एनआरएनएमा स्थानपनाकालदेखि नै आवद्ध केसी सन् २००७ मा एनआरएन रुसको महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ २००९ र २०११ मा केन्द्रिय सदस्य हुनुभएको थियो । सन् २०१३ मा कोषाध्यक्ष हुसनुभएको थियो । २०१४ मा जापानको टोकियोमा भएको सम्मलेनमा एनआरएनको आर्थिक व्यवस्थापनका लागि दशवर्षे योजना ल्याएका थिए ।

सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन बिस्तार गएिको थियो । २०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा निकै सक्रिय हुनुहुन्छ । कोरोना महामारीविरुद्ध लड्न राहत सामाग्री पठाउने तथा वितरण गर्ने कार्यका लागि सक्रिय केसीको राष्ट्रिय र अन्तराष्ट्रिय समन्वय परिषद्बीचको सम्बन्ध सुदृढ पार्ने भूमिका पनि उल्लेखनीय छ ।

वैदेशीक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएका अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता छ । केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन् । लामो समयसम्म एनआरएनका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण केसी अध्यक्ष पदका लागि केसीको उमेद्वारी निकै सशक्त देखिएको छ ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेका ८४ वटा देशमा हाल एनआरएनएको संगठन छ । तीमध्ये ६४ वटा देशमा राष्ट्रिय समन्वय परिषद्को चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको केसीले बताउनुभयो । उहाँका अनुसार ती देशबाट ३४ सयभन्दा बढी डेलिगेट्सहरु चयन भइसकेका छन्। एनआरएनएको नयाँ केन्द्रिय कार्य समिति चयन गर्न अक्टुबर दोस्रो साता चुनाव हुंदैछ ।