१५ बैशाख २०८१, शनिबार
Follow Us

आज बागमती मुख्यमन्त्री शाक्यकाे पद्काे छिनाेफानाे

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७८, बुधबार ०४:४७

हेटौंडा । अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ । एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।

बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अननुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएकाे छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत दिने छैन ।