साहित्य विकास परिषद् यूकेमा नयाँ नेतृत्व, वरिष्ठ सहअध्यक्ष र पाँच जना सहअध्यक्ष चयन
लन्डन । बेलायतस्थित नेपालीहरूको सबैभन्दा पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेको ३०औँ साधारण सभाले आगामी दुई वर्षका लागि १५औँ कार्यकारिणी समिति चयन गरेको छ।
वेस्ट लन्डनको एक्टनस्थित एबीआई कलेजमा सम्पन्न साधारण सभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल चयन भएका छन्। त्यसैगरी वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी तथा पाँच जना सहअध्यक्षमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति रेग्मी चयन भएका छन्।
यसैगरी उपाध्यक्षमा डा. सङ्गीता श्रेष्ठ ‘स्वच्छा’, महासचिवमा डा. सुधा श्रेष्ठ, सहमहासचिवमा सुष्मा भट्टराई र वरिष्ठ कोषाध्यक्षमा मनोज अन्जान निर्वाचित भएका छन्।
१६ सदस्यीय सल्लाहकार समिति
साधारण सभाले १६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको प्रमुख सल्लाहकारमा डा. राघवप्रसाद धिताल ओबीई चयन भएका छन्।
सल्लाहकारहरूमा सुरेशजङ्ग शाह, खगेन्द्र नेपाली, हरिसिंह थापा, हरिविभोर कार्की, मदन थापा, घनबहादुर थापा मगर, विजय थापा, डा. गोपाल पौडेल, कृष्ण भट्ट, डा. जनककुमारी धिताल, हिन्दमैया वैद्य, कमल भण्डारी, बालजंग अर्याल, पशुपति भण्डारी र टंक भट्टराई रहेका छन्।
यसअघि कार्यसमिति निर्वाचन सम्पन्न गर्न परिषद्का निवर्तमान अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो। अध्यक्षमण्डलमा पूर्वअध्यक्षहरू खगेन्द्र नेपाली, मदन थापा, विजय थापा र कृष्ण भट्ट सदस्य रहेका थिए।
नवनिर्वाचित पदाधिकारीहरूको पद तथा जिम्मेवारी हस्तान्तरण र प्रमाणपत्र वितरण कार्यक्रम पछि आयोजना गरिने जनाइएको छ।
आर्थिक तथा वार्षिक प्रतिवेदन पारित
यसअघि परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको अध्यक्षतामा सम्पन्न साधारण सभाले वरिष्ठ कोषाध्यक्ष मनोज अन्जानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा महासचिव डा. सुधा श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि बुँदागत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो।
सहयोगीप्रति धन्यवाद प्रस्ताव पारित
साधारण सभाले १५औँ कार्यसमितिको कार्यकाल सफल बनाउन परिषद्का वार्षिक कार्यक्रमहरूमा सक्रिय योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ।
धन्यवाद प्रस्तावमा परिषद्का संस्थापक निवर्तमान अध्यक्ष एवं वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाह, कार्यसमितिका पदाधिकारीहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, परिषद्का पदेन संरक्षक महामहिम राजदूत तथा नेपाली राजदूतावास परिवार, कवि तथा कलाकारहरू र परिषद्को नेपाल च्याप्टरका पदाधिकारीहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
त्यसैगरी कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका संस्थापक अध्यक्ष मदन थापा तथा अन्य कलाकारहरू, सयपत्री सांस्कृतिक परिवार यूकेका अध्यक्ष डम्बसिंह प्रयास र पदाधिकारीहरू, पत्रकारहरू तथा आर्थिक र भौतिक सहयोग पुर्याउने सबैप्रति सभाले आभार प्रकट गरेको छ।
सहयोगी तथा शुभेच्छुकहरूमा डा. राघवप्रसाद धिताल ओबीई, डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, कृष्ण भट्ट, ध्रुव केसी, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, हरिसिंह थापा, देवकुमारी थापा, हिन्दमैया वैद्य, गोपाल पौडेल, रेशम अर्याल, मनोज अन्जान, गोकुल भण्डारी, सुष्मा भट्टराई, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, सीतु खरेल, वाचस्पति रेग्मी, नवीन पोख्रेल, शिव भण्डारी र नरेश खापाङ्गी मगरलगायत रहेका छन्।
साथै परिषद्का गतिविधिमा सहयोग पुर्याउने अन्य सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरूप्रति पनि साधारण सभाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

