४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीशले बारको ‘अल्टिमेटम’ नमान्ने !

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७८, आईतवार ०६:४५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागप्रशस्त गर्नुपर्ने भन्दै नेपाल बार एसोसिएसनले अल्टिमेटम नै दिएको छ । तर, त्यो अल्टिमेटम प्रधानन्यायाधीश जबराले बेवास्ता गर्ने स्थिति देखिएको छ । चरणवद्ध आन्दोलनको घोषणा गरेको बारले दिएको अल्टिमेटम नमान्दै संवैधानिक विधि र प्रक्रियाबाट आफूलाई हटाउन प्रधानन्यायाधीशले चुनौती दिइसकेका छन् ।

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँच दिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा देखिएको छ । नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए ।

आफु संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने तर, कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए ।