१६ बैशाख २०८१, आईतवार
Follow Us

अस्पताल जान्छु भनेर हिँडेका दीपेश चार दिनदेखि सम्पर्कविहीन

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७८, मंगलवार ०१:५९

चार दिनदेखि बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ वर्षीय दीपेश मानन्धर अझै फेला पर्न सकेका छैनन् । बिहीबार बिहान घरमा बुुबासँगै खाना खाएर मधुुमेहको परीक्षणका लागि अस्पताल जान्छु भनेर हिँडेका उनी अहिलेसम्म पनि घर नफर्किएको परिवारले जनाएको छ । ‘घरमा खाना खाएर म कार्यालयतर्फ हिँड्न लाग्दा छोराले म अस्पतालमा चेकअप गराएर आउँछुु भनेको थियो । म कार्यालय गएँ, छोरा कता गयो, बेलुकासम्म घरमा नआएपछि खोजबिन सुरु गरे पनि आइतबार साँझसम्म सम्पर्कमा आएका छैनन्,’ बाबु दिलकुमार मानन्धरले भने ।

दीपेशले बोक्दै आएको मोबाइल, पैसा र अन्य कागजातसमेत घरमै छाडेकाले खोजबिनमा झनै समस्या भएको मानन्धरले बताए । कहीँ कतै फेला पार्न नसकेपछि दीपेशका बाबुले प्रहरीमा खोजबिनका लागि निवेदन दिएका छन् ।

नेपाल टेलिकमबाट कल डिटेलसमेत निकालेर हेर्दा दीपेशले कसैसँग पनि टेलिफोन सम्पर्क गरेको नभेटिएको प्रहरीले जनाएको छ । कम्प्युटर विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका दीपेशलाई छिनछिनमा निदाउने र शरीरमा आलश्यता पैदा हुने रोग लागेको थियो ।