२२ बैशाख २०८१, शनिबार
Follow Us

अष्ट्रेलियन व्यवसायी धर्मराज अधिकारीले गरे एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७८, बुधबार २०:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी गर्दा गरेका छन् ।
एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारीले मार्च २४ र २५ तारिख हुने संघको निर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन् । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

अष्ट्रेलियामा मात्र नभएर विश्वभर रहेका नेपाली समुदायमा सामाजिक कार्यकर्ताका रुपमा परिचित अधिकारीले कार्ययोजना सहित केही दिनमा निर्वाचन घोषणापत्र सार्वजनिक गरेका थिए ।

एनआरएनए भनेको नेपाल छाडेर विदेश आएका गैरआवासीय नेपालीहरुको डायस्पोराको साझा संस्था भएको बताउने अधिकारी एनआरएनएमा धनी, गरीब, शिक्षित, अशिक्षित सबै अटाएका र आफुले सिकेको सीप र आर्जन गरेको सम्पतिलाई स्वदेशमा लैजान एक मत हुने बताउँछन् ।

को हुन् धर्मराज अधिकारी
नुवाकोटको तारूकामा जन्मेका धर्मराज अधिकारी पढ्नका लागि काठमाडौँ पस्नुभयो । युवा जोश र राजनीतिक चेतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा होमिनुभयो । त्यसक्रममा काठमाडौंको दरबारमार्गमा गोली लागेर घाइते पनि हुनुभयो । प्रजातन्त्र स्थापित भएको केही समय राजनीतिमा सक्रिय रहनुभएका अधिकारी अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सन् १९९६ मा अष्ट्रेलिया पुग्नुभयो ।
सन् २०१२ मा व्यवसायमा हात हात हाल्नुभएका अधिकारी अष्ट्रेलियाका सफल व्यवसायी हुनुहुन्छ । करिब तीन दशक अष्ट्रेलियामा बिताउँदा पनि उनले त्यहाँको राहदानी लिनुभएको छैन । एनआरएनए अभियानमा सुरुदेखि नै संलग्न अधिकारी यसअघि ओसेनिया क्षेत्रको संयोजक भइसक्नुभएको छ ।
पूर्वअध्यक्षहरू देवमान हिराचन, शेष घले, जीवा लामिछाने र उपेन्द्र महतोको टीममा रहेर काम गरिसक्नुभएका अधिकारीले उपाध्यक्षमा उमेद्वारी घोषणा गरेका हुन् । १० अर्बको एनआरएनए कोष, नलेज ट्रान्सफर, पोलिसी इन्स्टिच्युट, नेपाली नागरिकताको निरन्तरता लगायत विषयलाई आफूले प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने अधिकारी बताउनुहुन्छ ।