२५ बैशाख २०८१, मंगलवार
Follow Us

सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा गर्दै

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७९, शनिबार ०३:५९

काठमाडौं । सत्ता गठबन्धनले आज शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । बुटवल–११ देवीनगरस्थित चौपारीमा शनिबार बिहान १० बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले बताएका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल, बलदेवु लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।