४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

वीरगञ्ज महानगरको मेयरमा सिंह विजयी

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७९, मंगलवार ०४:५४

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिह दोब्बर मतले विजयी हुनु भएको छ । महानगरको ३२ वटा वडामा भएको गणनामा प्रमुखमा राजेशमान सिह ४६ हजार २ सय १५ मतसहित विजयी हुनु भएको हो । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका विजय सरावगीले २३ हजार ६ सय मत प्राप्त गर्नु भएको छ ।

तेस्रो स्थानमा रहेका राप्रपा का गिरिश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार इम्तियाज आलम ठुलो मतान्तरले विजयी हुनु भएको छ । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ ।