६ जेष्ठ २०८१, आईतवार
Follow Us

दुई सयलाई बित्तीय साक्षरता कक्षा सञ्चालन

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७९, शनिबार ०४:१४

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेसिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षाका साथमा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकास्थित सामीको परियोजना संयोजक एबं मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन् ।

सामीले वैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समुहमा आवद्ध सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहमा आवद्ध सय जनालाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ ।