६ जेष्ठ २०८१, आईतवार
Follow Us

बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटियो

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ०५:०४

डोटी । बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटिएको छ । डोटीको शिखर नगरपालिका-७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् ।

जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसके पछि २० गते प्रहरीमा निवेदन दिईएको थियो । बालकको शव शिखरको लेकमा रहेको तलाउमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

हराएको भैंसी खोज्न गएका गोठालाले शव भेटाएपछि स्थानीयलाई खबर गरेका थिए ।