६ माघ २०८१, आईतवार
Follow Us

पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक

नेपालब्रिटेन डट कम्
१ असार २०७९, बुधबार १८:२६

लन्डन। बेलायतमा क्रियाशिल पत्रकार विश्वासदीप तिगेलालाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघ बेलायत शाखाका केन्द्रीय प्रतिनिधि समेत रहेका तिगेलाकी आमा श्रीमती टिकामाया खापुङ तिगेला लिम्बूको ७५ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको हो।

अकस्मात स्वास्थ्यमा खराबी देखापरेपछि अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा निधन भएको हो। मुराहाङ, तेह्रथुममा जन्मिएकी स्वर्गीय लिम्बूको बसोबास पछिल्लो समय काठमाडौँ शंखमुलमा थियो । उनका तीन छोरी र चार छोरा छन्। यसैबीच, नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वर्गीय लिम्बूको निधनमा शोक व्यक्त गरेको छ।

शाखाका महासचिव नरेन्द्र बस्नेतद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय लिम्बूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।