३० बैशाख २०८१, आईतवार
Follow Us

उपसभामुखको शपथ

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७९, आईतवार १२:३६

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भूसाल गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवनिर्वाचित उपसभामुख भूसाललाई शपथ खुवाउनुभएको हो ।

शपथ कार्यक्रममा राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थिति थियो । शपथलगत्तै उपसभामुख भूसालले सिंहदरवारस्थित संसद सचिवालय पुगी पदबहाली गर्नुभएको छ ।

नेपाली कांग्रेसकी नेतृ भूसाल शुक्रबार प्रतिनिधिस भामा १४८ मत प्राप्त गरेर उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभाको उपसभामुख पद २०७६ साल माघदेखि नै रिक्त थियो । तत्कालिक उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि खाली भएको सो पदमा शुक्रबार निर्वाचन भएको हो ।