२२ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपालबाट पहिलो पटक फलामे छड भारत निर्यात

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७९, बुधबार १०:०८

रुपन्देही- नेपालबाट पहिलो पटक टिएमटी स्टील भारत निर्यात गर्न शुरु गरिएको छ । सरकारले छड, सिमेन्ट, लगाएतका बस्तु निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएपछि छड निर्यात शुरु भएको हो ।

रुपन्देहीको श्री स्टीलले नेपालमै पहिलो पटक टिएमटी स्टील भारत निर्यात सुरु गरेको हो । यसभन्दा पहिले सिमेन्टको भारतमा निर्यात हुन थालिसकेको थियो ।

श्री स्टीलले निर्यातको उद्घाटन गर्दै ३५ टन छड सहितको एउटा ट्रक बेलहिया नाका हुँदै भारत निर्यात गरेको हो । भारतीय बजारको माग अनुसार डण्डी निर्यात बढाउने श्री स्टील प्रालीका सन्चालक राजेश अग्रवालले जानकारी दिनुभयो । उहाँले सरकारले बजेटमा ल्याएको निर्यात नीति अनुसार निर्यात सुरु गरिएको बताउनु भयो ।

अग्रवालले छड निर्यातले नेपाल भारत बिचको ब्यपार घाटा केही हदसम्म कम गर्ने बताउनु भयो । उहाँले बर्षको १५ लाख मेट्रीक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको बताउनु भयो ।

केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी छड उत्पादन गर्दै आएको प्रालीका ब्राण्ड म्यानेजर दिपक शाहले जानकारी दिनुभयो ।

कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको जनाएको छ ।