१४ असार २०८१, बिहीबार
Follow Us

जीत रानाभाट बने लन्डन रोयल ग्रीनवीच बरोमा मेयर

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०८१, बिहीबार ०६:१५

लन्डन । बेलायतस्थित एक गैरआवासीय नेपाली लन्डन रोयल ग्रीनवीचमा मेयर भएका छन् ।

बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा जीत रानाभाट मेयर निर्वाचित भएका हुन् ।

नवनिर्वाचित मेयर रानाभाटले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरेका छन् । उनको कार्यकाल एक वर्षको हुने छ । उनी हालै सम्पन्न बरोको साधारणसभाबाट सर्वसम्मत मेयर चयन भएका थिए ।

कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । उनी लेबर पार्टीबाट सन् २०२२ मा सोही बरोमा काउन्सिलर निर्वाचित भएका थिए ।

रानाभाटको शपथग्रहण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती राजपरिवारका प्रतिनिधि, स्थानिय उच्चपदस्थ अधिकारीहरु लगायत बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।